+
+
Shares

टर्कीका राष्ट्रपतिले दिए फ्रान्सलाई चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १७:३०

२८ भदौ, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँलाई टर्कीसँग विवादमा नफस्न चेतावनी दिएका छन् । पछिल्लो समय दुई मुलुकबीचको तनाव बढिरहेको अवस्थामा एर्दोगानले यस्तो चेतावनी दिएका हुन् । सन् १९८० को सैन्य कूको ४० औं वार्षिक समारोहमा बोल्दै एर्दोगानले भने, ‘टर्कीका मानिसहरुसँग निहुँ खोज्ने कोसिस नगर्नुहोस् । टकीसँग खेलबाड नगर्नुहोस् ।’ एर्दोगानले यस किसिमको कामले फ्रान्ससँगको टर्कीको समस्या अझै बढ्न सक्ने बताएका छन् ।

गत महिना ग्रीस र साइप्रस हाइड्रोकार्बन र पूर्वी भूमध्यसागरको विषयमा टर्कीसँग आमने सामने भएको बेलामा फ्रान्सले यस मामिलामा टर्कीले निभाएको भूमिकाको निन्दा गरेको थियो । त्यतिबेला नै एर्दोगानले ग्रीससँग फ्रान्सले उचालेको भरमा पूर्वी भूमध्यसागरमा कुनै पनि किसिमको गलत हर्कत नगर्न आग्रह गरेका थिए । फ्रान्सले पछिल्लो समय पूर्वी भूमध्यसागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ ।

यसैबीच अमेरिकाले पनि टर्कीसँग पूर्वी भूमध्यसागरमा जारी रहेको सैन्य अभ्यास लगायतका गतिविधि रोक्न आग्रह गरेको छ । यसले समस्या बढाउने भन्दै यसका लागि कूटनीतिक समाधान खोज्न अमेरिकाले आग्रह गरेको छ । टर्कीले ग्यास र तेलको भण्डार खोज्ने सिलसिलामा साइप्रस र ग्रीसको अधिकार रहेको क्षेत्रलाई आफ्नो दाबी गरेको नाटोका अन्य मुलुकहरुले आरोप लगाएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?