+
+
Shares

कोरोना संक्रमणबाट महोत्तरीका थप एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १७:३८

२८ भदौ, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको कोरोना सं‌क्रमणका कारण आइतबार मृत्यु भएको छ ।

ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका उनको आइतबार बिहान ८ बजेतिर मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए ।

योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?