Comments Add Comment

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान

२८ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ ।

सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए ।

बिरामी दिवसलाई यस वर्ष स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरिएको छ । यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी सुरक्षित बिरामी’ तय गरिएको छ । स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म बिरामी सुरक्षित नहुने भएकाले यस वर्षको बिरामी दिवस स्वास्थ्यकर्मीको सुरक्षामा केन्द्रित गरेको डा. पोखरेलले बताए ।

बिरामी दिवसको अवसरमा असोज १ गते साँझ ७ बजे काठमाडौंको माइतीघरमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ । त्यसै अवसरमा कोरोना संक्रमितको स्वास्थ्य लाभको कामना गर्ने र मृत्यु भएका संक्रमितको चीर शान्तिको कामना गर्दै मौनधारण गर्ने कार्यक्रम छ ।

असोज १ गते साँझ ८ बजे सम्पूर्ण देशबासीलाई दिपावली गरेर स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन सरकारले आह्वान गरेको छ । त्यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको नाममा एक मिनेट मौनधारण गर्न पनि आह्वान गरेको डा. पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment