
२९ भदौ, काठमाडौं । रौतहटमा ट्रकले किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका-१० बस्ने बिक्रम साह तेलीकी ६ वर्षीया छोरी अनुष्का साह रहेकी छन् ।
आइतबार राति चन्द्रपुर नगरपालिका-१० बक्तौरामा ना.५ ख ६७६५ नम्बरको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4