Comments Add Comment

प्रिमियर लिग : चेल्सी र वल्भसको विजयी सुरुवात

३० भदौ काठमाडौं । प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा चेल्सी र वल्भस विजयी भएका छन् । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई ३-१ ले पराजित गर्दै तीन अंक जोडेको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए ।

५४औं मिनेटमा लिणन्ड्रो ट्रासार्डले ब्राइटनका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै रिस जेम्सले गोल गरेपछि चेल्सी फेरि अग्रता बनायो । ६६औं मिनेटमा कोर्ट जुमाले चेल्सीको लागि तेस्रो गोल गरे ।

यस्तै सोमबार भएको खेलमा वल्भ्सले शेफिल्ड युनाइटेडलाई २-० ले पराजित गर्‍यो । वल्भ्स खेलको सुरुवाती दश मिनेटभित्र नै दुई गोल गर्दै त्यसलाई कायम राखेको थियो ।

शेफिल्डको मैदानमा भएको खेलको तेस्रो मिनेटमा रहुल जिमिनेजले गोल गर्दै वल्भसलाई अग्रता दिलाए । छैटौं मिनेटमा रोमन सेइसले गोल गर्दै वल्भसको अग्रता दोब्बर पारेका थिए ।

प्रिमियर लिगमा नयाँ सिजनको पहिलो चरणको १० मध्ये ८ खेल हुँदा सबैमा स्पष्ट नतिजा आएको छ । म्यानचेष्टर सिटी र बर्नली तथा म्यानचेष्टर युनाइटेड र एस्टन भिलल्बीचको खेल भने पछि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment