Comments Add Comment

मकवानपुरमा मृत्यु भएका वृद्धमा एक दिनपछि कोरोना पुष्टि

३० भदौ, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय पुरुष रहेको कर्रास्थित हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

मृतकको नेपाली सेनाले शव व्यावस्थापन गरेको छ । कोरोना संक्रमितको सव व्यवस्थापन एकै स्थानमा गर्ने गरी स्थान तय गरिएको र सेनाले व्यावस्थापन गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । उनका अनुसार मृत्यु भएका पुरुष दम र मुटुको रोगबाट पीडित थिए भने उनी दुई दिनदेखि बिरामी थिए ।

अकस्मात सोमबार बिहान घरमै ढलेका उनको सोही दिन मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको चौलागाईंले बताए ।

एकैदिन थपिए ६१ जना कोरोना संक्रमित

मकवानपुरमा मंगलबार एकै दिन ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान र साँझ गरेर ६१ जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार बिहान मात्रै १६ जना संक्रमित थपिएका थिए । साँझ प्राप्त रिपोर्ट अनुसार १३ महिला र ३२ पुरुषमा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै मनहरीका २२ जना रहेका छन् । भदौ २९ गते स्वाब संकलन भएको १ सय ५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment