Comments Add Comment

कस्ता व्यक्ति पुरुषार्थी कहलिन्छन् ?

वर्तमान समजमा अकुत धन–दौलतको स्वमी बनेर, कनीकुथी विद्वता प्रदर्शन गरेर, बलजफ्ती शक्ति आर्जन गरेर कतिपय व्यक्ति आफुलाई पुरुषार्थी सावित गर्न खोजिरहेका हुन्छन् । तर, लोभ एवं भयबाट मुक्त, कर्तव्यनिष्ठ, सत्यवादी, दुःख सहने, विनयी, कार्यकौशल भएका, सहासी, धैर्यवान् व्यक्तिलाई शास्त्रहरुमा पुरुषार्थी भनी व्याख्या गरिएको छ ।

हाम्रा शास्त्रहरुले पुरुषार्थीको व्याख्या फरक ढंगले गरेको छ । श्रीमद्भागवत गीतामा भनिएको छ –

निर्मान मोहा जितसंगदोषा

अध्यात्मनित्य विनिवृत्तकामा

द्वन्द्वैर्विमुक्ता सुखदुः रणसंज्ञै–

र्गच्छन्त्य मूढा पदमाव्ययं तत् ।

त्यस्तो व्यक्ति जसको दिमाग मोह, आसक्ति वा लोभले मुक्त छ, जसले संगदोषलाई जितेको छ अर्थात् जसको दिमागमा आध्यात्मिकता भरिएको छ, जसको चाहनाहरूले आफूलाई सुख र दुःखबाट छुटकारा दिएको छ, त्यस्तो कर्तव्यनिष्ट व्यक्तिलाई नै उत्तम एवं सुयोग्य व्यक्ति  भन्ने गरिएको छ । उत्तम पुरुष अर्थात् संस्कृत व्याकरणले सधैंभरि आदरणीय हुने व्यक्तिको रूपमा यसलाई उल्लेख गरेको छ ।

भनिन्छ जसरी कछुवाले कुनै संकटको संकेत पाएर आफ्नै अंगले आफूलाई ढाकेर हिँडेको हुन्छ र आफूलाई सुरक्षित बनाउँछ । त्यस्तै क्षमता ज्ञानी मानिससँग पनि हुन्छ ।

जीवनमा आशक्ति मुक्त हुनु धेरै कठिन काम हो । आशक्ति कसैको सुरामा हुन्छ भने कसैको भोगविलास त कसैकोे सम्पत्तिमा । तर कोही यस्ता व्यक्ति पनि हुन्छन् जसले आफ्नो कर्तव्यलाई पूरा गर्नको लागि कुनै पनि आशक्तिलाई आफ्नो अघि आउन दिँदैनन् । त्यही पुरुषलाई नै शास्त्रमा सुयोग्य र उत्तम व्यक्तिको दर्जामा राखिएको छ ।

महाभारतका चरित्र विदुरको तार्किक नीतिहरूले हरेक व्यक्तिको जीवनमा विशेष महत्व राख्छ । जहाँ राजनीति र अभ्यासका सिद्धान्तहरूमा चाणक्य नीतिको विशेष स्थान हुन्छ, त्यहाँ विदुर नीतिले पनि सत्य–असत्य सोचको दृष्टिकोणबाट आफ्नो विशेष महत्व राखेको हुन्छ । विदुर नीति कुनै पनि व्यक्तिको जीवनमा सच्चा सल्लाहका रूपमा सहयोगी हुन सक्छ, त्यसोभए महात्मा विदुरका अनुसार पुरुषार्थी व्यक्तिको परिचय के हो ? भनेर पनि थाहा पाउनु जरुरी हुन्छ ।

को हो पुरुषार्थी व्यक्ति ?

–श्रेष्ठ व्यक्तिमा दुःख सहने अपार शक्ति हुन्छ । जसका कारण मान्छे हर मुश्किलमा डटेर खडा रहन्छ र ऊ परमात्मामा विश्वास राख्नेवाला एक श्रद्धालु स्वभावको पनि हुने गर्छ ।

– श्रेष्ठ व्यक्ति हमेशा सधैंभरि राम्रो कर्म अपनाउने गर्छ भने नराम्रो कर्मबाट दूर जाने गर्छ । यस्तो व्यक्ति क्रोध, हर्ष, गर्व, लज्जा, उदण्डता इत्यादि खराब कर्मबाट पनि दूर रहने गर्छ ।

– श्रेष्ठ व्यक्ति यस्तो वस्तुको कामना बिल्कुल गर्दैन जुन दुर्लभ हुन्छ । न त आफूले गुमाएको वस्तुलाई सम्झिएर चिन्तित नै हुन्छ । विपद्को घडीमा सधैंभरि आफ्नो दिमागले काम चलाउने गर्छन् ।

–उत्तम व्यक्तिले कुनै पनि काम गर्नुअघि रूपरेखा तयार गर्छ र कहिले पनि कामको बिचमा रोकिँदैन र समय खेर फाल्दैन ।

– उत्तम व्यक्ति आदर र सम्मानले प्रफुल्लित हुँदैन र अपमानले विचलित हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment