Comments Add Comment

सुरक्षित यात्राको तयारी (फोटो फिचर)

१ असोज, काठमाडौं । लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातका साधन सन्चालनको निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ ।

आज विहानै टिकट काउन्टर, सार्वजनिक बस, बसपार्क क्षेत्रका भवनलगायतमा कोरोना भाइरस मार्ने औषधि छर्किएर निःसंक्रमण गरिएको हो ।

यात्रुहरुलाई सुरक्षित राख्नका लागि बसभित्रै पनि औषधि छर्किएको छ । यातायात व्यवसायी, कर्मचारी, टिकट काट्न आउने यात्रुलगायतलाई संक्रमण नहोस् भनेर निःसंक्रमण गरिएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा सावधानीका उपाय अपनाएर असोज १ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक गाडी सन्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार केही गाडीहरु आजैबाट सन्चालनमा आएका छन् ।

असोज २ गतेदेखि भने लामो दुरीमा धेरैजसो गाडीहरु चल्ने यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

साबिक भाडामा ५० प्रतिशत बढी लिन पाउने तर सिट क्षमताको आधा यात्रु मात्र चढाएर गाडी चलाउन पाइने निर्णय सरकारले गरेको छ । साथै यात्रु र सार्वजनिक गाडीका कर्मचारीहरुले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

लामो दुरीका बसका यात्रुहरुले कहाँ खाना–खाजा खाने भन्ने व्यवस्था स्थानीय प्रशासन र यातायात व्यवसायी मिलेर गर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment