Comments Add Comment

कर्णाली प्रदेशका ४ जिल्ला कोरोनामुक्त

१ असोज, सुर्खेत । कर्णाली प्रदेशका चार जिल्ला कालीकोट, हुम्ला, मुगु र डोल्पामा कोरोनाका संक्रिय संक्रमितको  संख्या शून्य भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार कालीकोटमा ११६ जना, हुम्लामा ९ जना, डोल्पा ५ जना र मुगुमा १३ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भएर घर गइसकेका छन् ।

बिहीबारसम्म यी जिल्लामा संक्रमित शून्य रहेको महाशाखा वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले जानकारी दिए ।

‘प्रदेशका चार जिल्ला कोरोनामुक्त भएका छन । ती जिल्लाहरुमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या सून्य छ,’ उनले भने ।

हाल कर्णालीका ६ जिल्लामा मात्र कोरोना संक्रमित रहेका छन् । प्रमुख शाहीका अनुसार सुर्खेतमा १८२ जना, दैलेखमा १८ जना, सल्यानमा ३९ जना, जाजरकोटमा चारजना, रुकुम पश्चिममा नौंजना र जुम्लामा ६ जनासहित प्रदेशका विभिन्न आसोलेसनमा २६२ जना संक्रमित आइसोलेसनमा  छन् ।

प्रदेशमा सक्रिय संक्रमितको संख्या ३०३ जना रहे पनि केही संक्रमित  होम आइसोलेसनमै रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment