+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कनेक्ट आईपीएसमा थप बैंकका खाता अनलाइन भेरिफाई गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १७:३४

१ असोज, काठमाडौं । कनेक्ट आईपीएसमा बैंक खाता लिंक गरी अनलाइनबाटै सेल्फ भेरीफाइ गर्ने सुविधाथप बैंक वित्तिय संस्थाहरुमा उपलब्धभएका छन् । यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक,सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छभने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको छ ।

यस अन्लाईन सुविधा सँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाइगर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अन्लाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् ।बैंककाग्राहकले कनेक्ट आईपीएसमा लिंक एमाउन्ट भित्र आˆनो खाता लिंक गरिसकेपछि म्यानेज एकाउन्ट भित्र सेल्फ माक्लिक गरी खातालाई भेरीफाइ गराउन सक्दछन् । यस प्रकृयामाग्राहकको विवरण वान टाइम पासवर्ड र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमाअन्लाईन भेरिफिकेसन हुने व्यवस्था रहेको छ ।

ग्राहकहरुलेे घरमै बसी सहजतरिकाले फण्ड ट्रान्सफर लगायतकाअन्यभुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, यसको मोबाइल एप,बैंक वित्तिय संस्थाको मोबाईल/इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेबसाइटमा पेमेन्ट गेटवेको रुपमा जोडिएको कनेक्ट आईपीएस लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् । कनेक्ट आईपीएसमा हाल ५४ बैंक वित्तिय संस्थाहरु सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?