+
+
Shares

सहकारी र लायन्स क्लबको आयोजनामा रक्तदान

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १७:०७

१ असोज, काठमाडौं । लाइन्स क्लब अफ काठमाडौं रेसुंगा र गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको सहकारी संस्थाका अध्यक्ष मित्रलाल पोखरेलले जानकारी दिए ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए । बुधबार भएको रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल साथै सम्पूर्ण वडाका प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?