Comments Add Comment

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

१ असोज, काठमाडौं । माछापुच्छे« बैंक लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिले आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हाे ।

उक्त लाभांश अन्तर्गत बैंकले ७.०३प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने समेत निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमारु.१ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रतिशेयर आम्दानी रु.१४ रुपैया ९६ पैसा कायम गरेको थियो । चुक्ता पूँजीरु.८ अर्व ४५ करोड ८४ लाख रहको माछापुच्छ«े बैंकको साधारण जगेडा कोषमा रु.१ अर्व ७० करोड रुपैया संचित रहेको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु,१३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment