+
+
Shares

विराटनगरमा ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते २०:०८

१ असोज, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर– १० निल सदनका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहीबार बेलुका करिब सवा ५ बजे मृत्यु भएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई ३० भदौमा अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा मृगौलासम्बन्धी समस्या रहेको थियो । सप्तरी स्थायी ठेगाना भएका मृतक पुरुष दुई वर्षयता विराटनगर बस्दै आएका थिए ।

बुधबार राति कोशी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय वृद्धको मृत्यु भएको थियो । उनको पनि मृत्युपछि बिहीबार बिहान कोरोना रिपोर्ट पोजेटिभ रिपोर्ट आएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?