Comments Add Comment

सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक असोज ८ गते हुने

२ असोज, काठमाडौं । सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते (२४ सेप्टेम्बरमा) हुने भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ ।

सांघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरुले पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुले लेखेको छ ।

सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने छन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।

गत बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक बसेको थियो । सो बैठकमा पाकिस्तानका विशेष सल्लाहकार मोइद युसुफले पाकिस्तान सरकारले जारी गरेको नयाँ नक्सा देखाएपछि भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बैठक नै छोडेर हिँडेका थिए ।

‘यो घटनाको बाबजुद पनि सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकमा भारत–पाकिस्तानका मन्त्रीहरुको पनि भेट हुने छ,’ द हिन्दुको समाचारमा लेखिएको छ ।

तर सार्कका वित्तमन्त्रीहरुको बैठकमा भने त्यस्तो कुनै अप्रिय घटना भएको थिएन । किनभने यो बैठकमा भारत पाकिस्तान दुवै देशका वित्तमन्त्री सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment