Comments Add Comment

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा संघर्ष गर्दै यो स्थानमा आइपुगेका छन् ।

चितवनमा धुर्मुस–सुन्तली फाउन्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेश रंगशाला’ निर्माणमै व्यस्त रहेका यी कलाकारले जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् । उनले भने–‘मलाई शुभकामना दिने सबैको आर्शिवाद मलाई लागेको छ । यसैले, म आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको छु ।’

सितारामले आफ्नो सपना भनेको हरेक नेपालीलाई खुशी बनाउनु रहेको सुनाए । भने–‘जनस्तरबाटै निर्माण भैरहेको क्रिकेट रंगशाला निर्माण गरेर सबै नेपालीलाई खुशी बनाउने एउटा सपना छ । यो सपना पुरा हुने दिनको प्रतिक्षामा हामीले मिहिनेत गरिरहेका छौ ।’

हाँस्य सिरियल ‘मेरी बास्सै’मा काम गरेपछि सितारामको चर्चा चुलिएको हो । विशेषगरि, दर्शकले उनलाई ‘धुर्मुस’ नामले चिन्न थालेका थिए । यसपछि, उनले केही चलचित्रमा काम गरेपनि उनको नाम सामाजिक अभियन्ताको रुपमा स्थापित भएको छ । एकिकृत नमुना बस्ती निर्माणदेखि समस्यामा परेकाहरुलाई सहयोग गर्नमा सिताराम सधै अग्रसर छन् ।

नेपाली हाँस्य क्षेत्रका एक चर्चित कलाकार तथा सामाजिक अभियन्ता सितारामलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment