Comments Add Comment

१३२५ जनामा कोरोना संक्रमण पुष्टि

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा ४६९ महिला र ८५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा ७६७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जना छन् ।

यस्तै रुपन्देहीका ११३ जना, मोरङका ६३, रौतहटका ३६, बाँकेका ३२, कास्कीका ३०, सुर्खेतका २९, मकवानपुरका २४, धादिङका २१, बझाङका १९, सिराहा र लमजुङका १८/१८ जना, चितवनका १५, पर्साका १४, कपिलवस्तु, नवलपरासी, पाल्पा र कैलालीका १२/१२ जना, प्युठान ११ तथा सर्लाही र अछामका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीका ७ जना, गुल्मी र बर्दियाका ६/६ जना, सप्तरीका ५ जना, दोलखाका ४ जना, झापा, सिन्धुपाल्चोक र दाङका ३/३ जना, पाँचथर, धनुषा, काभ्रे र गोरखाका २/२ जना तथा उदयपुर, तेह्रथुम, भोजपुर, बारा, नुवाकोट, सिन्धुली, तनहुँ, बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, रोल्पा र कालीकोटका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment