Comments Add Comment

१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह

फाइल तस्वीर

६ असोज, काठमाडौं । आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस आगामी पाँच दिनसम्म भारी वर्षा हुने

आज बिहानको मापनअनुसार पनि कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो अवस्थामा छ । आज कन्काई, बागमती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती, बबईका केही सहायक नदीमा बहाव बढ्ने पूर्वानमान गरिएको छ ।

यसैगरी आज नै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिरहा, धनुषा,  दोलखा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन जिल्ला हुँदै बग्ने नदीहरुमा आकस्मिक बहावको सम्भावना छ ।

गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, बैतडी जिल्ला भइ बग्ने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment