+
+
Shares

कान्ति र ट्रमा सेन्टरमा विपन्नको प्रारम्भिक आकस्मिक उपचार निशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १२:५२

६ असोज, काठमाडौं‌ । कान्ति बाल अस्पताल राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्नको प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क गर्ने भएको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ ।

कान्ति बाल अस्पतालमा निर्देशक डा. कृष्ण पौडेल कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था नआओस भनेर यो सेवा  सुरु गरेको बताउँछन् । यसले धेरै विपन्न बालबालिकालाई राहत हुने बताउँदै उनी भन्छन्, ‘ धेरै बालबालिका अब उपचार सेवाबाट बञ्चित हुनेछैनन् ।’

उनले यो सेवा हाल जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा लागू हुने भए पनि यसलाई बढाएर १८ वर्षसमम बनाउने लक्ष्य रहेको जनाए ।

असोज १ गतेदेखि राष्ट्रिय ट्रमा सेन्टरले पनि विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको थियो । संघीय अस्पतालमा पनि यो विपन्नहरुको लागि आकस्मिक निशुल्क सेवा सञ्चालन गर्ने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कान्ति अस्पतालले जारी गरेको सूचना अनुसार उपचार खर्च नभएका सेवाग्राहीले समेत यो सेवा पाउनेछन् । त्यसको लागि अस्पतालको सामाजिक सुरक्षा इकाइमा सम्पर्क गर्नुपर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?