Comments Add Comment

मकवानपुरमा गुडिरहेको जिप पहिरोले पुरिँदा एकजनाको मृत्यु

७ असोज, हेटौंडा । मकवानपुरको भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–२ स्थित देउराली नजिकै गुडिरहेको जिपलाई पहिरोले पुरेको छ ।

काठमाण्डौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप पहिरोले पुरिँदा जिप चालकको मृत्यु भएको छ । उनकोे सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भिमफेदी–कुलेखानी सडकको देउराली नजिक पहिरो खस्दा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरिएको छ । पहिरोले मोटरसाइकल पुरिँदा त्यसमा सवार दुबै जना सामन्य घाइते भएका छन् । उनीहरुको सकुशल उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सडकको माथिल्लो भागबाट चट्टान र माटो मिश्रित पहिरो गुडिरहेको जिपमाथि खसेको हो । जिपमाथि खसेको चट्टान र माटो मिश्रित पहिरो हटाउने काम भइरहेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment