Comments Add Comment

अस्पतालबाट डिस्चार्ज भए विष दिइएका पुटिनका आलोचक

७ असोज, काठमाडौं । रुसको विपक्षी राजनीतिकर्मी एलेक्सी नाभाल्नी एक महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको उपचार गराइरहेको अस्पतालले उनी पूर्णरुपमा निको हुन सक्ने बताएको छ । गत अगष्ट २० मा रुसको टम्स् सहरबाट मस्को जाने क्रममा उनको अवस्था बिग्रिएपछि उनलाई ओम्स सहरको अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो ।

डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको पुष्टि गरेका थिए । बुधबार अस्पतालले बिरामीको अवस्थामा उल्लेख्य सुधार आएकाले उनलाई अब डिस्चार्ज गर्न सकिने बताएको हो । उनले अस्पतालमा बिताएको ३२ दिनमध्ये २४ दिन आईसीयूमा बिताएका थिए । बिरामीको पछिल्लो सुधार हेर्दा उनी पूर्णरुपमा ठीक हुन सक्ने अस्पतालले बताएको छ ।

यो पनि पढ्नुहोस कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?

नाभाल्नी आफैंले सामाजिक सञ्जालमा आफू अझै पनि राम्रोसँग मोबाइल चलाउन र गिलासमा पानी भर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । यद्यपि आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको भनाइ छ ।

नाभाल्नीलाई विष दिइएको एक महिनाभन्दा लामो समय भइसके पनि रुसको सरकारले भने यो विषयलाई गम्भीर रुपमा लिएर छानबिन नगरेको नाभाल्नीका समर्थकहरुले बताएका छन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment