Comments Add Comment

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

९ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी- १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको डा. सापकोटाले बताए । निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र निमोनियाको साथै श्वासप्रश्वासमा पनि समस्या देखिएपछि ७० वर्षीय वृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले धरान रेफर गरेको थियो । गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भदौ २५ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङको कानेपोखरी- १का ५५ वर्षीय पुरुषको बिहीबार राति ८:३० बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ । आन्द्रामा क्यान्सर भएर विगतमा जटिल शल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्थामा असोज ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानकै सर्जिकल आईसीयू कक्षमा उनी भर्ना भएका थिए । उपचारकै क्रममा ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । उपचारकै क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएपछि असोज ८ गते स्वास्थ्य प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार भइरहेको थियो । तर पनि उनलाई बचाउन नसकिएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment