Comments Add Comment

बलिउडकर्मीको रहस्यमयी प्रेमलीला

बलिउडको चमकदमकभित्र यस्ता थुप्रै कथा छन्, जसले सेलिब्रेटीहरुको अर्को अनुहार उदांगो बनाइदिन्छ । जस्तो अहिले लागुऔषध काण्डले बलिउडलाई थर्कमान बनाइदिएको छ । दीपिका पादुकोणदेखि सारा अली खानसम्म लागुऔषध काण्डमा मुछिएका छन् । सुशान्त सिंह राजपूतको आत्महत्यापछि यो रहस्योद्घाटन भएको छ, बलिउडको चमकदमकभित्र यस्ता धन्दाहरु सल्बलाइरहेका छन् । त्यसो त स्वयम् सुशान्त नै लागुऔषधको कुलतमा फसेको पाइन्छ । आफ्नो एउटा सानो जमातभित्र उनी यस्तै लागुऔषधले मदमग्न भएर बस्ने गरेको खुलेको छ ।

यो कथा चाहि लागुऔषधको होइन, रहस्यमयी प्रेमलीलाको हो ।

९० को दशकमा रवीना टण्डन बलिउडकी टप एक्ट्रेस थिइन् । त्यही समय उनी र अक्षयबीच अफेयर चल्यो । फिल्म ‘मोहरा’ पछि उनीहरु खुलेरै नजिकिए । रवीनाले त अक्षयलाई हृदयबाटै चाहेकी थिइन् । तर, अक्षय मनोदशा भने बुझिनसक्नु थियो । किनभने उनी त्यबेला रेखासँग पनि अफेयरमा थिए । रवीनाले उक्त सम्वन्धलाई अघि बढाउन चाहिनन् । उनीहरुको ब्रेकअप भयो । तर, त्यसपछि पुन अक्षय सिल्पा सेट्टीसँग सम्वन्ध जोड्न पुगे । सिल्पासँग अफेयर रहेकै बखत अक्षय ट्वींकल खन्नासँग पनि नजिकिएका थिए ।

बलिउडमा जुन समय रीना रोयको करियर उत्कर्षमा थियो, त्यही समय उनको अफेयर सत्रुध्न सिन्हासँग भइरहेको थियो । कामको सिलसिलामा जब रीना लन्डन गइन्, त्यहीबेला शत्रुध्नले पूर्व मिस योङ इन्डिया पुनम चन्डीरामणिसँग बिवाह गरेर सबैलाई छक्क पारिदिए । यसको सुईको पाउनसाथ रीना लन्डनबाट फर्किइन् र सत्रुध्नसँग यसको कारण सोधिन् ।

बिवाहपछि सत्रुध्न र रीनाबीच सम्बन्ध कायम रह्यो । तर, उनीहरुको सम्बन्धको दुखद अन्त्य किन भयो, त्यसको जबाफ कसैसँग छैन । एक अन्र्तबार्तामा सत्रुध्नले आफुहरुको सम्बन्ध ७ बर्षसम्म चलेको बताएका थिए । रोचक त के भने, उनीहरुको यो रिलेसनको बारेमा सत्रुध्नकी पत्नी पुनमलाई समेत सबैकुरा थाहा भएको बताइन्छ ।

ऋतिक रोशनले ‘कहो ना प्यार है’बाट बलिउड डेब्यु गरेका हुन् । यस फिल्ममा अमिषा पटेलभन्दा अघि करीना कपुरको नाम सिफारिस गरिएको थियो । यद्यपि फिल्मको सेटमा ऋतिक र करिना नजिकिए । त्यही कारण आमा बबिताले करिनालाई यो फिल्मबाट छुटाइन् ।

डिस्को डान्सर किंग मिथुन र श्रीदेवीबीच पनि अफेयर थियो । जबकी त्यसबेला मिथुनले बिवाह गरिसकेका थिए । उनकी पत्नी योगिता बली थिइन् । के पनि भनिन्छ भने, श्रीदेवीसँग मिथुनले गुपचुप बिवाह पनि गरेका थिए । तर, यो खबर थाहा पाएर योगिताले आत्माहत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर पत्नी योगितासँगै बस्न थाले । त्यसको केहि समयपछि श्रीदेवीलाई बोनी कपुरले बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

फिल्म ‘मुगल ए आजम’को सेटमा सलीम बनेका दिलीप कुमार र अनारकली बनेकी मधुबालाबीच अफेयर सुरु भएको थियो । यसको प्रमाण त्यसबेला मिल्यो, जतिबेला फिल्म इन्सानियतको प्रीमियरमा दिलीप र मधुबाला हातमा हात समातेर उपस्थित भए । तर, मधुबालाको पिताले यो सम्बन्धलाई रुचाएनन् ।

सुनील दत्तसँग जोडिनुअघि नरगिस राज कपुरको प्रेममा थिइन् । दुबैको लभ स्टोरी बलिउड उद्योगमा चर्चाको बिषय थियो । यद्यपी यो सम्बन्धो दुखद अन्त्य भयो । नरगिससँग प्रेम हुनुअघि राज कपुर बिवाहित थिए । उनी न नरगिसलाई छाड्न चाहन्थे, न आफ्नो परिवारलाई तोड्न नै । यद्यपी जब यो कुरा नरगिसले महसुष गरिन्, उनी आत्माहत्या गर्ने अवस्थामा समेत पुगिन् । तर, पछि उनको जिन्दगीमा सुनील दत्तको इन्ट्रि भयो ।

रेखा र अमिताभको जोडीलाई अनस्क्रिन मात्र होइन, वाहिर पनि एकसाथ देख्न चाहन्थे, प्रशंसकहरु । दुबैले एकसाथ केहि फिल्ममा अभिनय गरे । यद्यपी अमिताभले उनीहरुबीचको सम्बन्धलाई कहिल्यै स्विकार गरेनन् । केहि समयपछि उनले जयासँग बिवाह गरे । त्यसपछि अमिताभ र रेखाको जोडी न रिल लाइफमा देखियो, न रियल लाइफमा ।

आमिर खानकै कुरा गरौं । के सुनिन्छ भने, आमिर जेसिका हाइन्स नामकी विदेशी पत्रकारसँग अफेयरमा थिए । एक म्यागजिनमा प्रकासित लेखका अनुसार उनीहरुको भेट फिल्म ‘गुलाम’ (१९९८)को सेटमा भएको थियो । दुबैको अफेयर सुरु भयो र उनीहरु लिभ इन रिलेसनशिपमा बसे ।

अन्ततः जेसिका गर्भवती भइन् । आमिरले जेसिकालाई गर्भपतनका लागि दबाव दिन थाले । उनले प्रष्टैसँग भनिदिए, ‘कि गर्भपतन गर्नु, नभए सधैको लागि हाम्रो सम्बन्ध टुट्नेछ ।’

यद्यपी जेसिकाले गर्भपतन गर्न अस्विकार गरिन् । उनी आमिरलाई छाडेर लन्डन गइन् । त्यही सिंगल मदर बनेर बच्चा जन्माइन् । त्यसको नाम जान राखियो । आमिरले उक्त बच्चाको बारेमा खुलेर केहि टिप्पणी गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment