+
+
Shares

रुपन्देहीमा साइकल लेनको माग गर्दै र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १९:२८

११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्‍याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्‍याली भएको हो । र्‍यालीमा ७७ जना साइकल यात्री सहभागी भएका थिए ।

भैरहवा–लुम्विनी सडक विस्तारको काम भइरहेकाले राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पर्यटन दिवसको अवसरमा साइकल र्‍याली गरिएको साइकल सिटी भैरहवाकका अध्यक्ष सुर्यकुमार सारु मगरले बताए ।

‘लुम्बिनीको वातावरण संरक्षण र स्वास्थ्यका लागि साइकल लेन अनिवार्य छ,’ सारुले भने, ‘साइकल लेनले वातावरण संरक्षण मात्र नभई लुम्बिनीको पर्यटन प्रवर्द्धनमा पनि दीर्घकालीन प्रभाव पार्नेछ ।’

र्‍यालीका सहभागीलाई मायादेवी मन्दिर परिसरमा लुम्विनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी लगायतले स्वागत गरेका थिए । उपाध्यक्ष त्रिपाठीले साइकल लेनको मागप्रति लुम्बिनी विकास कोष सकारात्मक रहेको बताए । ‘साइकल लेन समृद्ध र स्मार्ट सहरको सूचक पनि हो, त्यसैले साइकल लेनको मागलाई सम्बन्धित निकायले पूरा गर्न सके लुम्बिनी आउने पर्यटक थप आकर्षित हुनसक्छ,’ त्रिपाठीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?