+
+
Shares

ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १७:५०

१२ असोज, काठमाडौं । मकवानपुरको चुरियामाईमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१५ स्थित चुरियामाईमा ना.५ ख ४१६४ नम्बरको ट्रकले ना.३ त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिंदा यादव घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?