Comments Add Comment

महिला–पुरुषको एउटै पहिरन, मडागास्करबारे केही रोचक तथ्य

काठमाडौं । दुनियाका हरेक देशसँग केही न केही मौलिक विशेषताहरु अवश्य पनि छन् । कतिपय देश आफ्नो प्राकृतिक सुन्दरताका कारण चर्चित छन् त कतिपयलाई त्यहाँको संस्कृति तथा नागरिकहरुको रहनसहनका लागि विश्वले चिन्दछ ।

यस्तै अनौठो विशेषता भएका देशहरुमध्ये एक हो मडागास्कर । पूर्वी अफ्रिकाको यो मुलुक विश्वको चौथो ठूलो टापु पनि हो । मडागास्करका बारेमा अनेक खालका रोचक तथ्यहरु छन् । त्यसमध्ये केही यस्ता छन् :

  • यो देशको पूरा नाम मडागास्कर गणराज्य हो । अफ्रिकाको तटीय इलाका सँगै हिन्द महासागरमा रहेको टापु मुलुक हो यो । उक्त देशका बासिन्दाहरु बोर्नियो टापुबाट आएका हुन् । बोर्नियो टापु ब्रुनाइ, इण्डोनेसिया र मलेसियामा पर्दछ ।
  • मडागास्करमा सबै मानिसहरुको पहिरन एउटै हुन्छ । चाहे महिला हुन् वा पुरुष, अनि बालक हुन् वा वृद्ध । सबै मानिसहरुले लगाउने लुगा एकैखाले हुन्छ । मानिसहरुले लगाउने पोशाकलाई स्थानीय भाषामा लाम्बा भनिन्छ । मृतकका लागि समेत कफनको रुपमा लाम्बाकै प्रयोग गरिन्छ ।
  • रातो रङको माटो हुनाका कारणले यो देश रेड आइल्याण्डका नामले पनि चिनिन्छ । यो टापुमा कैयन् जीवजन्तु तथा वनस्पतीहरु पाइन्छन्, जो विश्वमा अन्त कतै पाइँदैनन् । प्राकृतिक रुपमा निकै धनी हुँदासमेत यो देश अफ्रिकाका गरीब देशहरुमा पर्दछ । यहाँका मानिसहरु मलागासी र फ्रेन्च भाषा बोल्दछन् ।
  • मडागास्करमा बस्नेमध्ये ७५ प्रतिशत रैथाने मानिसहरु हुन् जो दुनियामा अन्त कुनै पनि देशमा पाइँदैनन् । यो टापुमा कैयन् अनौठा रैथाने जीवहरु पाइन्छन् । त्यसमध्ये एउटा हो, टेरनेक्स । यो जिउमा काँडा भएको मुसा हो । त्यस्तै दुनियामा अन्त कतै नपाइने चम्किलो छेपारो पनि यहाँ पाइन्छ । विश्वमा पाइने छेपारो जस्तै जीव अर्थात् च्यामेलियनमध्ये ५० प्रतिशत मडागास्करमै रहेका छन् ।  यद्यपि त्यहाँ पाइने कैयन् जीवजन्तुहरु लोप हुने चरणमा छन् ।
  • मडागास्करमा १० हजारभन्दा धेरै रैथाने प्रजातिका वनस्पती पाइन्छन् ।
  • मडागास्करमा पितृ धर्मको प्रथा रहेको छ । यहाँको मुख्य धर्मको रुपमा क्रिस्चियन रहेको भएपनि अधिकांस मलागासीहरुले आफ्ना पूर्वजको अलौकिक शक्तिमाथि विश्वास गर्दछन् र आस्था राख्दछन् । साथै मृतक पूर्वजलाई समेत परिवारको सदस्य ठान्ने संस्कार रहेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment