Comments Add Comment

रुकुमकोटमा निषेधाज्ञा हट्यो

१४ असोज, काठमाडौं । रुकुम(पूर्व)को अस्थायी सदरमुकाम रुकुमकोटमा जारी निषेधाज्ञा हटेको छ ।

बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले अनलाइनखबरलाई जानकारी दिए ।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले असोज ६ गते राति १२ बजेदेखि लागू हुनेगरी असोज १३ गते राति १२ बजेसम्मका लागि सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा निषेधाज्ञा जारी गरेको थियो ।

प्रजिअ राईले भने, ‘स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार दैनिक कामकाज गर्ने गरी निषेधाज्ञा हटाउने निर्णय गरेका छौं । मापदण्ड पालना गरे/नगरेकोबारेमा निरन्तर अनुगमन गर्छौं । यदी मापदण्ड पालना नगरेको पाइएमा संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्नेछौं ।’

प्रजिअ राईका अनुसार जिल्लामा हालसम्म १ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ३८ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment