+
+
Shares

बीपी प्रतिष्ठानमा इटहरीका कोरोना संक्रमितको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते ८:४४

१५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । ‘प्रतिष्ठानमा ल्याउँदा नै उहाँको अवस्था अत्यन्त गम्भीर थियो,’ डा. सापकोटाले भने, ‘राति ९ः३० भर्ना गर्यौं, ९ः४५ बजे देहान्त भयो ।’

उनमा असोज १४ गते नै बिराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो । उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण थियो ।

तर ती बिरामीमा पहिलेदेखि अन्य दीर्घ रोग नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?