Comments Add Comment

सुदूरपश्चिमका तीन विमानस्थलको परीक्षण उडान

१७ असोज, डोटी । लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका तीन बिमानस्थलहरुको परीक्षण उडान भएको छ ।

डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्गको चैनपुर विमानस्थलको शनिवार परीक्षण उडान भएको हो । लामो समयदेखि वन्द भएका बिमानस्थलहरुको स्तरोन्नती भएपछि परीक्षण उडान गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले बिमानस्थलको निरीक्षण पनि गरेको छ । श्री एयरलाइन्सको बिमानमार्फत काठमाडौंबाट धनगढी आएको मन्त्री भट्टराई नेतृत्वको टोली धनगढीबाट समिट एयरको ९एल-एएनजी को टुईनेटर विमानबाट डोटी, बझाङ्ग र बैतडीको विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको हो ।

डोटी विमानस्थल विस्तार हुने

सुदूरपश्चिम प्रदेशकै पुरानो मध्य एक दिपायल बिमानस्थलको क्षेत्र विस्तार हुने संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताएका छन ।

विमानस्थल निरीक्षणको क्रममा भट्टराईले विमानस्थलको धावनमार्ग बिस्तार गरि ४५ सिट क्षमताका विमानहरु सहजै आउन सक्ने बनाउने वताए । जग्गा अधिग्रहणका लागि स्थानीय तहबाट मुआब्जाको कुरा मिलेपछि आवश्यक बजेटको व्यवस्था गर्न मन्त्रालय तयार रहेको उनले वताए ।

२०३० सालबाट सञ्चालन आएको दिपायल विमानस्थलको धावनमार्ग चार सय ९० मिटर मात्रै रहेको छ । दिपायल बिमानस्थलको कालोपत्रेको काम जनताका बीचमा गरेको प्रतिबद्धता पुरा गरेको प्रतिनिधि सभा सदस्य पे्रमबहादुर आलेमगरले बताए ।

उनले भने ‘मैले यो बिमानस्थल कालोपत्रे हुन्छ भन्दा बिश्वास नगर्नेहरु पनि थिए आज त्यो यर्थातमा पुरा भएको छ । अव म बिमानस्थल बिस्तारका लागि पहल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment