Comments Add Comment

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

फाइल तस्वीर

१८ असोज, काठमाडौं । भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ ।

चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुनेछ ।

स्रोतका अनुसार भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ ।

बैठक स्थगित हुने सम्भावना बढी छ । कांग्रेस कार्यालय स्रोतले भन्यो, ‘भर्चुअल गर्ने कि भन्ने पनि छ तर, नेताहरुले केही दिन हेरौं न भन्नु भएकाले बैठक स्थगित हुने देखिन्छ ।

यो पनि पढ्नुहोस कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment