Comments Add Comment

माडीमा करेन्ट लागेर एकजनाको मृत्यु

१८ असाेज, चितवन । चितवनको माडी नगरपालिकामा करेन्ट लागेर एकजनाकाे मृत्यु भएको छ । माडी नगरपालिका-६ वसन्तपुरस्थित खेतमा बिच्छाइएको बिजुलीको तारमा परेर ६० वर्षीय सुकदेव महतोको मृत्यु भएको हो।

धानखेतमा निकुञ्जको जनावर धपाउन छाडिएको करेन्टमा शनिबार राति उनी परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महतोको शव पोस्टमार्टमका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment