Comments Add Comment

स्मार्टडोकोको ‘स्मार्ट दशैं अफर’

२० असोज, काठमाडौं । दशैंको शुभ अवसरमा स्मार्टडोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । यस अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसुङ्ग स्माटर् फोन जित्ने मौका पाउनेछन् । र यसको लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुनेछ । ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नु भएमा त्यही दिन अडर डेलिभरी हुनेछ ।

स्मार्टडोकोसँग सामसुङ्ग, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन्, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया र अन्य धेरै ब्रान्डका सामानहरुभारी छुटमा राखिएका छन् । ग्राहकहरुले १०,००ं० भन्दा धेरै थरीका सामानहरु स्मार्टडोको मार्फत किनमेल गर्न सक्नेछन् । जस्तै खाद्यान्न, कोभिड एसन्सियल, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर पनि छन् ।

स्मार्टडोको र सेलपे डाउनलोड गरी तपाईंको बैंक खाताहरू लिंक गरेर अफरको लाझ उठाउन कम्पनीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment