Comments Add Comment

सिरियामा ट्रक विष्फोटमा परी १८ जनाको मृत्यु

२१ असोज, काठमाडौं । सिरियाको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित अल बाब सहरमा गराइएको ट्रक बम विष्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । यो टर्कीको नियन्त्रणमा रहेको सहर हो ।

मंगलबार सहरको बस स्टेशननजिकै बम विष्फोट गराइएको हो । यो घटनामा परी थप ७५ जना मानिसहरु घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजाजिराले बताएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ ।

सामाजिक सञ्जालमा शेयर गरिएको तस्वीर तथा भिडियोहरुमा विष्फोट भएको स्थानबाट ठूलो धुवाँको मुस्लो आइरहेको देखिन्छ । साथै विष्फोटको कारण घरहरुमा पनि ठूलो क्षति पुगेको छ ।

अहिलेसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । तर, यो क्षेत्रमा सन् २०१७ मा इस्लामिक स्टेट (आईएस)ले टर्कीका सेनालाई आफ्नो नियन्त्रणमा लिएदेखि नै निरन्तर आक्रमण हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment