Comments Add Comment

यतीले थाल्यो सिमरामा नियमित उडान, २ हजार मात्र भाडा

२१ असोज, काठमाडौं । काठमाडौं-सिमरा रुटमा अब यति एअरलाइन्सको सेवा शुरु भएको छ । यसअघि यहाँ बुद्ध एयरको मात्र उडान सेवा थियो ।

यती एअरलाइन्सले बुधबारबाट सिमरा उडान थालेको हो । यसअघि स्थापनाको १२ औँ वाषिर्कोत्सवको अवसर पारी यतिले बाराको सिमरामा उडानको घोषणा गरेको थियो ।

यो रुटमा यतिले १२ वर्षपछि सेवा थालेको हो । अब सिमरामा यतीको ९ औं र २ नं. प्रदेशमा दोश्रो गन्तव्य थपिएको छ ।

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज ९एन-एओएच कलसाइन जेटईस्ट्रीम-४१ जहाज सिमरा उडेको छ । हरेक दिन विहान ९.१० बजेे पहिलो र साँझ ४.४५ दोस्रो गरी यतिले सिमरामा दुई उडानको योजना बनाएको छ ।

आज पहिलो दिन काठमाडौँ- सिमरा-काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराईने समेत उनले जानकारी दिएको छन् ।

यतीले काठमाडौँ- सिमरा-काठमाडौँको एकतर्फी प्रमोशनल शुरुवाती भाडा १,९९९ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment