Comments Add Comment

कर्णालीमा कोरोना संक्रमित ४ हजार नाघे

२१ असोज, सुर्खेत । कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या चार हजार नाघेको छ । बुधबार एकै दिन ६९ जनामा कोरोना संक्रमण देखिएपछि कर्णालीमा संक्रमितको संख्या ४ हजार ३७ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा ६४ जना, दैलखेमा पाँचजना, रुकुम पश्चिम र जुम्लामा एक/एकजना र अन्य प्रदेशका ६ जनामा संक्रमण पुष्टि देखिएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप ४४ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३२३९ पुगेको छ ।

प्रदेशभर हालसम्मा ७८२ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment