+
+
Shares

कैलालीमा बुवाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १३:४४

२२ असोज, कैलाली । कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ ।

शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको प्रवक्ता बिष्टले जानकारी दिए । शनिबार राति बलात्कार गरेको आरोप लागेका बुवा आइतबार फरार रहेको उनले बताए ।

उनको खोजी भइरहेको बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?