+
+
Shares

लमजुङमा खुल्यो करदाता सेवा कार्यालय, दुई जिल्ला लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २२ गते १४:३१

२२ असोज, काठमाडौं । लमजुङमा करदाता सेवा कार्यालय खुलेको छ । लमजुङ र मनाङ जिल्लाका करदातालाई समेट्ने गरी बिहीबारदेखि बेसिशहरमा करदाता सेवा कार्यालय स्थापना भएको हो ।

बिहीबार आयोजित कार्यक्रममा करदाता बेसिशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल र प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले उद्घाटन गरे । कार्यालय स्थापनापछि यस भेगमा करको दायरा बिस्तार गर्न र करदातालाई सहज रुपमा सेवा उपलब्ध गराउन सकिने कर अधिकृत सुशील लम्सालले बताए ।

बिहीबार स्थानीय अनिल दवाडीलाई लेखा नम्बर प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको थियो । यसअघि आन्तरिक राजस्व कार्यालय दमौलीबाट भइरहेका काम अब लमजुङ र मनाङका लागि बेसिशहरमै उपलब्ध भएको लम्सालले जानकारी दिए ।

यी दुई जिल्ला पर्यटकीय व्यवसायका लागि चिनिएका छन् । मनाङमा कुल ५ सय ९७ र लमजुङमा ८ हजार २ सय ९० करदाता दर्ता भइसकेको तथ्यांक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?