Comments Add Comment

कलंकीमा बन्यो होलसेल विजनेश कम्प्लेक्स ‘एनबीटीसी’

२२ असोज, काठमाडौं । सामान किनमेलका क्रममा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्धेश्यले नेपालमै पहिलोपटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात नेशनल विजनेश ट्रेड सेन्टर बुधबारबाट संचालनमा आएको छ ।

ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको कम्पनीका सञ्चालक नरेन्द्र बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको हो ।

पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन् । बज्राचार्यका अनुसार बुधबार प्रिओपनिङ गरिएको हो । अब औपचारिक रुपमा भने केहि दिनमा उद्घाटन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment