Comments Add Comment

सार्वजनिक कार्यक्रममा फर्किन ट्रम्प तयार : डाक्टर

२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका डाक्टरले साताको यसै सप्ताहान्तमा ट्रम्प सार्वजनिक कार्यक्रममा फर्किन सक्ने बताएका छन् । उनले कोरोना भाइरस (कोभड-१९)बाट संक्रमित बनेका ट्रम्पको उपचार पूरा भएको उल्लेखसमेत गरेका छन् । डाक्टर सिन कोन्लीले राष्ट्रपतिलाई उपचारको निकै राम्रो असर देखिएको बताएका छन् । साथै अहिले उनको अवस्था स्थिर रहेको उनको भनाइ छ ।

ट्रम्पले शुक्रबार आफूले अर्को परीक्षण गर्ने र साताको अन्तिममा चुनावी र्‍यालीमा सहभागी हुने बताएका छन् । यसअघि ट्रम्पले जो बाइडनसँग हुने आगामी चुनावी बहसमा सहभागी नहुने बताएका थिए ।

कोरोना संक्रमित भएको पुष्टि भएसँगै प्रत्यक्षरुपमा नभई भर्चुअल माध्यमबाट चुनावी बहस गर्ने कार्यक्रम तय भएको भए पनि ट्रम्पले आफूले भर्चुअल बहसमा समय खेर फाल्न नचाहेको बताएका थिए । यससँगै आगामी चुनावी बहस कहिले हुने हो भन्ने अन्योल सृजना भएको छ ।

बिहीबार फक्सन्युजसँग कुरा गर्दै ट्रम्पले आफ्नो स्वास्थ्यमा अहिले उल्लेख्य सुधार आएको भन्दै शनिबार साँझ हुने चुनावी र्‍यालीमा भाग लिन सक्ने बताएका थिए । यसैबीच राष्ट्रपतिका विपक्षी उम्मेदवार जो बाइडनले ट्रम्पको सोच प्रत्येक सेकेण्डमा परिवर्तन हुने र ट्रम्पले मतदाताको प्रश्नको सामना गर्न पनि नचाहेको आरोप लगाएका छन् ।

चुनावी बहसको मितिको विषयमा राष्ट्रपतिका दुई उम्मेदवारको बीचमा अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । ट्रम्प चुनावभन्दा पाँच दिनअघि अन्तिम चुनावी बहस हुनुपर्नेमा छन् भने बाइडन २२ अक्टोबरमा अन्तिम चुनावी बहस सकाउनुपर्ने पक्षमा छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment