Comments Add Comment

विराटनगरमा २० वर्षीय बन्दीको कोरोना संक्रमणबाट मृत्यु

२३ असोज, विराटनगर । मोरङको विराटनगरमा २० वर्षीय बन्दी युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका सुनसरी इटहरी उपमहानगरपालिका- ४ का उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो ।

आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान सवा १० बजे उनको मृत्यु भएको डा. यादवले बताए ।

चिकित्सकका अनुसार युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।

जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।

१५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको मृत्यु भएको थियो । ९१८ जना कैदी बन्दी रहेको कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment