Comments Add Comment

नेपाल-भारतबीच नयाँ हवाई ‘इन्ट्री प्वाइन्ट’बारे छलफल

२३ असोज, काठमाडौं । नेपाल र भारत सरकारबीच लामो समयदेखि नेपाललाई नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने सन्दर्भमा छलफल जारी छ । तर, टुंगोमा पुगिसकेको छैन । सोही सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच छलफल भएको छ ।

मन्त्री भट्टराईको सचिवालयका अनुसार भैरहवा नाकावाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्‍याउनेबारे शुक्रबार छलफल भएको छ ।

कोभिड-१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुवीचको उडान सुरु गर्ने सम्बन्धमा समेत छलफल भएको छ । पर्यटन मन्त्रालयले १ कार्तिकबाट भारतमा उडान खोल्ने प्रस्ताव गरिसकेको छ ।

सचिवालयका अनुसार पशुपति, लुम्विनी र जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको छ ।

मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकारात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकरात्मक रहेको जनाउँदै कोभिड-१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment