Comments Add Comment

जाजरकोट जिप दुर्घटना : बुधबारदेखि खोलामै रहेको शव आफन्तले बुझे

२३ असोज, सुर्खेत । जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले शव बुझेका छन् ।

बिहीबार साँझ जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहितको टोलीले घटनाको सत्यतथ्य छानविन गर्ने प्रतिबद्धता जनाएपछि शुक्रबार बिहान आफन्तहरुले शव बुझेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी किश्वर श्रेष्ठले जानकारी दिए ।

जिप दुर्घटना भवितव्य नभएर हत्या गरिएको भन्दै मृतका आफन्तहरुले दुई दिनदेखि शव बुझ्न मानेका थिएनन् । प्रजिअ बरालले घटनाको सत्य तथ्य छानविनका लागि उच्च स्तरीय छानविन समिती गठन गर्ने प्रतिवद्धता जनाएसँगै ३६ घण्टापछि शव उठाेको हो ।

मृतकका आफन्तले उच्चस्तरीय समिति गठन गरी घटनाको सत्यतथ्य छानविन हुनुपर्ने, जिप चालकलाई तत्काल नियन्त्रणमा लिएर आजीवन जेल चलान गर्नुपर्ने, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिनुपर्ने लगायतका माग राख्दै प्रजिअ बराललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

बुधबार सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गरेहेको भे १ ज ९३५ नम्बरको जिप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट मजकोट खोलामा खसेको थियो ।

यो पनि पढ्नुहोस जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित सात जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा जुनीचाँदे–११, का नबरबहादुर बुढा गभीर घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment