
२४ असोज, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृत्यु भएका पुरुषमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
निमोनिया र मिर्गौलाका रोगी उनलाई १३ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि बचाउन नसकिएको डा. थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4