Comments Add Comment

कोरोना संक्रमणबाट १७ जनाकाे मृत्यु

२४ असोज, काठमाडौं । शनिबार एकैदिन ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि हुँदा १७ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ३, ललितपुर, मकवानपुर, रुपन्देही र सर्लाहीका २/२ तथा भक्तपुर, धादिङ, नवलपुर, बाँके, दाङ, स्याङ्जाका एकएक जनाको मृत्यु भएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२१ पुगेको छ ।

  • बौद्ध, काठमाडौंका ९० वर्षीय पुरुषको शुक्रबार मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएर २० गते अस्पताल भर्ना भएका थिए । उनमा मिर्गौला र कलोजोको समस्या थियो ।
  • कीर्तिपुर, काठमाडौंकी ६८ वर्षीया महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर ११ असोजमा अस्पताल भर्नाका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको पथयो । उनलाई मधुमेहको समस्या पनि थियो ।
  • काठमाडौंकी ४८ वर्षीया महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १२ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर २० गते अस्पताल भर्ना भएकी थिइन् ।
  • गोदावारी, ललितपुरका ४३ वर्षीय पुरुषको बिहीबार अल्का अस्पतालमा मृत्यु भएको छ । हृदयघात भएर १९ असोजमा अस्पताल भर्ना भएका उनलाई २१ गते संक्रमण पुष्टि भएको थियो ।
  • धोबिघाट, ललितपुरका ४९ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । मधुमेह र अल्सरको समस्या भएका उनलाई १४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने फोक्सोको समस्या भएर २२ गते गते अस्पताल भर्ना भएका थिए ।
  • पालुङ, मकवानपुरका ७७ वर्षीय पुरुषको शुक्रबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
  • बागमती गाउँपालिका-६, मकवानपुरकी ८५ वर्षीया महिलाको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।  ज्वरो, निमोनिया भएर १५ असाेजमा अस्पताल भर्ना भएकी उनलाइ २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भरतपुर महानगरपालिका-१, चितवनका ४७ वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार अस्पताल भर्ना भएका थिए ।
  • भरतपुर महानरपालिका-२०, चितवनका ६७ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा मृत्यु भएको छ । क्यान्सरका बिरामी उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो ।
  • बुटवल उपमहानगरपालिका-१०, रुपन्देहीका ७९वर्षीय पुरुषको शनिबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उनलाई असोज १० मा संक्रमण पुष्टि भएको थियो ।
  • शुद्धोधन गाउँपालिका-६, रुपन्देहीका ५७ वर्षीय पुरुषको शुक्रबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । क्षयरोगबाट पीडित उनलाई असोज १९ गते संक्रमण पुष्टि भएको थियो ।
  • हरीवन नगरपालिका-१०, सर्लाहीका ३८ वर्षीय पुरुषको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सर्लाहीका ७१ वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • व्यासी, भक्तपुरका ६८ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । १८ असोजमा अस्पताल भर्ना भएका उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • धादिङका ३१ वर्षीय पुरुषको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १२ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनमा कलेजोसम्बन्धी समस्या समेत थियो ।
  • गौंडाकोट-१, नवलपुरका ३६ वर्षीय पुरुषको शुक्रबार मेडिकल कलेज अफ साइन्स, चितवनमा मृत्यु भएको छ । उनलाई २० असोजमा संक्रमण पुष्टि भएको थियो ।
  • कोहलपुर नगरपालिका-९, बाँकेका ३८ वर्षीय पुरुषको शुक्रबार राति भेरी अस्पतालमा मृत्यु भएको छ । १३ असोजमा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि २१ गते भेरी अस्पतालमा लगिएको थियो ।
  • घोराही उपमहानगरपालिका-३, दाङका १५ वर्षीय पुरुषको शुक्रबार राति शिक्षण अस्पताल कोहलपुरमा गएराति मृत्यु भएको छ । १९ गते अस्पताल भर्ना भएका थिए ।
  • आँधीखोला-६, स्याङ्जाका ८१ वर्षीय पुरुषको शुक्रबार राति गण्डकी मेडिकलमा मृत्यु भएको छ । मिर्गौला, मुटुसम्बन्धी दिर्घरोग भएका उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment