
२५ असोज, काठमाडौं । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको नेतृत्वमा ११ सदस्यीय सुनसरी–काठमाडौं सम्पर्क समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिव रामानन्द मण्डल, सहसचिव सुवास भट्टराई, कोषाध्यक्ष मनोज बनेपाली छन् । यसैगरी सदस्यहरुमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा. कुंजीलाल यादव र संजय खतिवडा छन् ।
कोरोना महामारीको समयलाई मध्यनजर गर्दै नयाँ बानेश्वरमा मास्क, स्यानिटाइजर प्रयोग गरी सुरक्षा सतर्कता अपनाएर भेला गरिएको हो । सुनसरीबाट काठमाडौं आई बसोबास गरेकाहरुलाई कोरोना महामारीका कारण खान बस्न लगायतका समस्या भएमा समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको समितिका नबनिर्बाचित सभापति आचार्यले बताए ।
आचार्य तरुण दलको गत महाधिवेशनमा केन्द्रीय माहासचिवका प्रत्यासीसमेत थिए ।
प्रतिक्रिया 4