+
+
Shares

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २५ गते १२:४६

२५ असोज, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५० हजार १९८ जनाको मृत्यु भएको छ ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म दुई लाख १२ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

ब्राजिलमा गत साता मात्र कोरोना संक्रमितको संख्या ५० लाख नाघेको थियो । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ५० लाख ८२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएका थिए । उनले कोरोनालाई एक सामान्य फ्लुको संज्ञा दिँदै अर्थतन्त्रलाई रोक्नु उचित नहुने बताउँदै आएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?