Comments Add Comment

चाडपर्वमा कालोबजारी अनुगमन गर्न संसदीय उपसमिति गठन

२५ असोज, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

आइतबार बसेको समितिको बैठकले यसवर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परीयार सदस्य छन् । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।

चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए ।

‘पछिल्लो समय पानीको म”ल्य बढेको छ । नुनको मुल्य बढेको विषय आइरहेको छ । यी लगायत उपभोक्तालाई मारमा पार्ने गरी हुन सक्ने महंगी, अस्वस्थ खाद्य पदार्थको बिक्री, महंगी यावत कुरामा उपसमितिले अध्ययन र अनुगमन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment