Comments Add Comment

नक्कली जग्गाधनी बनेर ५० लाख बैना लिने युवक पक्राउ

२६ असोज, काठमाडौं । नक्कली जग्गाधनी बनेर जग्गा बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मालपोतको कर्मचारीसँगको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी वीरगञ्जको ५ कठ्ठा १५ धुर ९ कन्वा जग्गा अर्कैलाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिने ललितपुर महानगरपालिका कुसुन्तीका केवल प्रताप जंगबहादुर राणालाई पक्राउ गरेको हो ।

उनले कमलादेवी राजभण्डारीको नाममा पर्साको वीरगञ्ज महानगरपालिका- ५ मा रहेको उक्त जग्गा मालपोतका कर्मचारीसमेतको मिलेमतोमा मुकेश राजभण्डारीको नाममा २०७६ फागुन १९ गते राजीनामा पास गराएका थिए । त्यसपछि उक्त जग्गा वीरगञ्ज महानगरपालिका-४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख रुपैयाँ बैना लिएको सीआईबीले जनाएको छ ।

उनले आफ्नो नाम मुकेश राजभण्डारी, उमेर ५० वर्ष र ठेगाना ललितपुर महानगरपालिका ३ कायम गरी ललितपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पनि लिएको खुलेको सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनीविरुद्ध राजीव राजभण्डारीले लिखत/ठगीसम्बन्धी कसूर मुद्धामा जाहेरी दिएका थिए । सीआईबीले राणालाई असोज २५ गते रातोपुलस्थित डेराबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment