Comments Add Comment

कोरोनाबाट थप ११ जनाको मृत्यु

२६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

काठमाडौं, सुनसरीका ३/३ जना, रुपन्देहीका २ जना तथा ललितपुर, धादिङ र सन्धिखर्कका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक छ ।

  • थापाथली, काठमाडौंका ६३ वर्षीय पुरुषको सोमबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया र शक भएर १६ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहले ग्रसित थिए ।
  • कुलेश्वर, काठमाडौंका ६७ वर्षीय पुरुषको सोमबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मुटुमा समस्या भएर २० असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या पनि थियो ।
  • विजेश्वरी, काठमाडौंकी ७१ वर्षीया महिलाको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । १६ असोजमा संक्रमण पुष्टि भएका उनी १७ गते अस्पताल भर्ना भएकी उनमा उच्च रक्तचाप र मधुमेह पनि थियो ।
  • हात्तिवन, ललितपुरका ५० वर्षीय पुरुषको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । २१ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २५ गते अस्पताल भर्ना भएका थिए ।
  • बहराक्षेत्र नगरपालिका-५, सुनसरीका ३७ वर्षीय पुरुषको सोमबार नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । दुवै मृगौला फेला भएका उनलाई कोरोना संक्रमण भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो ।
  • धरान उपमहानगरपालिका-२, सुनसरीका ८९ वर्षीय पुरुषको सोमबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । असोज २३ गते भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको पनि समस्या थियो ।
  • सुनसरीका ९० वर्षका पुरूष मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • देवदह नगरपालिका-१०, रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार कोरोना अस्पतालमा मृत्यु भएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
  • तिलोत्तमा नगरपालिका-१५, रुपन्देहीकी ३५ वर्षीया महिलाको सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएपछि २१ गते लुम्बिनी प्रादेशिक अस्पतालले चितवन रिफर गरेको थियो ।
  • नीलकण्ठ नगरपालिका-३, धादिङका २२ वर्षीय युवकको सोमबार सुमेरु अस्पताल, ललितपुरमा मृत्यु भएको छ । ज्वरो, खोकीका साथै निमोनिया भएपछि १८ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
  • सन्धिखर्क नगरपालिका-४, अर्घाखाँचीकी ८० वर्षीय महिलाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको छ । ज्वरो आउनुका साथै सास फेर्न समस्या भएपछि उनी सोमबार मात्र अस्पताल भर्ना भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment