Comments Add Comment

जोन्सन एण्ड जोन्सनको कोरोना खोपको परीक्षण रोकियो

Photo Credit : AP

२७ असोज, काठमाडौं । जोन्सन एण्ड जोन्सन (जेएण्डजे)ले निर्माणको क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण रोकिएको बताएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेको यो खोप लिएका एक व्यक्ति बिरामी परेसँगै जेएण्डजेले अस्थायीरुपमा परीक्षण रोक्ने निर्णय गरेको हो । यससँगै तेस्रो चरणको परीक्षणका लागि मानिसहरु दर्ता गर्ने काम पनि रोकिएको बताएको छ । तेस्रो चरणको क्लिनिकल परीक्षणमा ६० हजार मानिसलाई यो खोप दिने जेएण्डजेको योजना छ । कम्पनीले प्रत्येक मानिसको सुरक्षाप्रति प्रतिबद्ध रहेको बताएको छ ।

जेएण्डजेले यस किसिमको ठूलो परीक्षणमा कुनै दुर्घटना वा बिरामी हुने सम्भावना हुने र यो अपेक्षित पनि रहेको उल्लेख गरेको छ । यसअघि एक्ट्रोजेनेकाले निर्माण गरिरहेको खोपको परीक्षण पनि एक साताका लागि रोकिएको थियो ।

जेएण्डजेले खोपको तेस्रो चरणको परीक्षणका लागि सेप्टेम्बरको अन्तिममा अनुमति पाएको थियो । कम्पनीले अमेरिकाका दुई सयभन्दा धेरै स्थानमा ६० हजार मानिसलाई यो चरणको परीक्षणमा सहभागी गराउने लक्ष्य लिएको थियो । कोरोना भाइरसविरुद्धको खोपमा तेस्रो चरणको परीक्षणको अनुमति पाउने यो १० औं खोप हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment