Comments Add Comment

अर्णवलाई सलमानको जवाफ–कराएर केही हुँदैन

नायक सुशान्त सिंह राजपुतको निधनपछि केही मिडियाले बलिउडलाई अनावश्यक विवादमा तान्ने कोशिश गरे । यसमा नायक साहरुख खान, सलमान खान लगायतको नाम पनि जोडियो । मिडिया ट्रायलमा यी कलाकारको नाम ठूलो स्वरले लिइएको थियो ।

रिपब्लिक भारतका प्रमुख अर्णव गोस्वामीले नायक सलमान खानले ठूलो स्वरमा लुकेर नबस्न चेतावनी दिए । सुशान्त सिंह राजपुतको निधनबारे केही पनि नबोलेको भन्दै उनले सलमानलाई अनावश्यक विवादमा तान्ने प्रयास गरेका थिए ।

अब, सलमानले घुमाउरो शैलीमा अर्णवलाई जवाफ फर्काएका छन् । सलमानले आफूले संचालन गर्दै आएको रियालिटी शो ‘बीग बोस’ मार्फत जवाफ दिएका हुन् ।

उनले, टीआरपीका लागि अनावश्यक रुपमा आफ्नो नाम लिने मिडियाकर्मीलाई जवाफ दिदै भने–‘हाम्रो चलचित्र कसले हेर्छ, जनताले । यसको अर्थ हामी सबैलाई टीआरपी चाहिएको छ । तर, यसको मतलब यो होइन कि तपाई जे पनि गर्नुहोस् । तपाइलाई इमान्दार भएर काम गर्न आवश्यक छ । झुटो खबर कराएर बोल्दैमा केही हुनेवाला छैन । यही कारणले गर्दा तपाइलाई दर्शकले लामो समयसम्म हेर्दैनन् । जे मलाई भन्नु थियो मैले घुमाउरो शैलीमा भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment